May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

विपद व्यवस्थापनका लागि साढे १० हजार बढि सुरक्षा फौज परिचालन

काठमाडौं, भारी बर्षासँगै आएको बाढी पहिरो तथा डुबानका कारण देशका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै ७६ जनाको मृत्यु भएको छ । मुलुकका जिल्लाहरुमा भईरहेको विपद व्यवस्थापन तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार ५ सय ४० जना जनशक्ति परिचालित छन् ।

उक्त प्रहरी बलले बाढि, पहिरो र डुवानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरेको छ भने अहिलेसम्म ७२ जना वेपत्ता रहेका छन् । विपदमा परी ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति भएको छ ।

नेपाल प्रहरीले जानकारी दिए अनुसार उपत्यकाको काठमाडौ ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको छ भने ३४ जनाको मृत्यु, २१ जना वेपत्ता, १५ जना घाइते र २ स्थानहरुमा भौतिक क्षेति पुगेको छ ।

बागमतीमा काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको छ भने ३१ स्थानमा भौतिक क्षति, २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना वेपत्ता भएका छन् ।

यसैगरी, कोसी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने १ सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, ९ जना वेपत्ता र २ जना घाइते भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको