May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

झ्याप्ले खोलामा पहिरोले ३ वटा सवारी साधन पुरिँदा १४ जनाको मृत्यु

तस्वीर सामाजिक सञ्जाल

काठमाडौं, वर्षासँगै आएको बाढीपहिरोका कारण धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले बस र माइक्रो पुरिँदा १४ जनाको मृत्यु भएको छ । शनिबार बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको बसबाट ९ जना गरी जम्मा १४ जनाको शव निकालिएको हो ।

उक्त शव हाल घटनास्थलमा राखिएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले देशका विभिन्न भेगबाट काठमाडौँ प्रवेश गर्ने नौबीसे–नागढुंगा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझबाट नै अवरुद्ध छ ।

शीर्ष समाचार

धेरै पढिएको