मनसुन प्रभाव: आइतवारबाट ३ दिन विद्यालय बन्द, सबै शैक्षिक परिक्षा स्थगित

काठमाडौं, अहिले देशभर अविरल वर्षासँगै आएको बाढीपहिरोबाट क्षति पुगेपछि शिक्षा क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव परेको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आइतवारबाट ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयले देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी दिएको छ ।

यसैगरी, विपद्को घडीमा तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आमनागरिक सबैलाई विपद् व्यवस्थापनमा जुट्न सरकारले आह्वानका साथै विश्वविद्यालय लगायत सबै शैक्षिक संस्थाका परीक्षा समेत रोक्न आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्