
काठमाडौं, भारी वर्षापछिको बाढी, पहिरो र डुबानबाट देशभर ७६ जनाको मृत्यु भएको छ भने अन्य ७२ जना बेपत्ता रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपालले जानकारी दिए अनुसार अन्य ६० जना घाइते भएका छन् भने तीन हजारको उद्धार गरिएको छ । हाल उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेका छन् ।







