May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

मनसुनी विपद: काठमाडौंमा ३२ जनाको मृत्यु, उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

तस्बिर स्रोत: नेपाल प्रहरी

काठमाडौं, भारी वर्षाका कारण अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन् । विपदमा परि काठमाडौँ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार ३४ जना घाइने रहेका छन् भने १२ जना बेपत्ता छन् । हाल बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात अवरुद्ध भएको छ ।

यसैगरी, सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालक अनुसार अहिले अहिले काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको छ । उनले भनेका छन्, “ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् । विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण सङ्कलन गर्न पनि सकिएको छैन । यो प्रारम्भिक विवरण मात्रै हो”

शीर्ष समाचार

धेरै पढिएको