May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा आइतबारसम्म सवारी सञ्चालनमा रोक

काठमाडौं, अविरल वर्षाका कारण हुनसक्ने क्षतिलाई ध्यानमा राख्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सो जानकारी दिएको हू ।

सुचना अनुसार आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो । प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्वारा जारी सूचनामा सो सडक खण्डमा  पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

अत्यावश्यक कामबाहेक नदी तटीय क्षेत्रमा नजानसमेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । उक्त सूचनामा भनिएको छ, “सवारी धनी एवं यात्रु महानुभावहरूलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।” 

शीर्ष समाचार

धेरै पढिएको