पहिरोले माथिल्लो तामाकोशी आयोजना अवरुद्ध, सेना परिचालन गरि कर्मचारीको उद्वार गरिदै

सिन्धुपाल्चोक, पहिरोका कारण दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुगेको छ । अविरल बर्षासँगै आएको बाढीका कारण हाल विद्युत् उत्पादनसमेत अवरुद्ध भएको छ ।
माथिल्लो तामाकोशीमा वर्षाका कारण पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट नै विद्युत उत्पादन बन्द गरिएको छ भने बाँधका सबै गेटहरु खुल्ला गरिएको छ ।
आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन गौतमका अनुसार विद्युतगृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलाहरुमा बाढी आएका कारण कोहीपनि त्यहाँसम्म पुग्न सकेका छैनन् । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ ।
यसैगरी, नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीलाई उद्धार गर्न लागिएको छ भने अहिलेसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । हाल जिल्ला प्रशासन कार्यालय, दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
प्रतिकृया दिनुहोस्