May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

बाढीमा फसेकाहरुको उद्वार कार्य जारी

काठमाडौं, नेपाली सेनाले ललितपुरको नक्खु खोलामा बाढीमा फसेका मानिसहरूलाई हेलिकोप्टरबाट उद्धार कार्य जारी राखेका छन् । शनिबार आएको बाढीका कारण दर्जनौं मानिसहरू बाढीमा फसेपछि हेलिकोप्टरबाट सुरक्षाकर्मीको सहायतामा उद्धार भइरहेको हो ।

नेपाल प्रहरीका अनुसार सुरक्षा निकायका उद्वारकर्मीहरु हाल सक्रिय रुपमा उद्वारमा खटिएका छन् । काठमाडौं उपत्यकाका बागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव रहेको छ भने मनोहरा, घट्टेखोला लगायतका खोलाहरुका कारण सडक र बस्ती डुबानमा परेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको