वर्षाको वितन्डा: काठमाडौंको बाढीपहिरोमा परि २१ जनाको मृत्यु, दर्जनौं बेपत्ता

काठमाडौं, शनिबार काठमाडौं उपत्यकामा बाढी र पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ दर्जनौं बेपत्ता भएका छन् ।
भारी वर्षाका कारण विपदमा परेर ५ जना बेपत्ता र ९ जना घाइते भएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार हालसम्म काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ भने बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ ।

यसैगरी, गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।
प्रतिकृया दिनुहोस्