आजबाट धरहरा सर्वसाधारणका लागि खुला, केही समय निःशुल्क धरहरा चढ्न सकिने

काठमाडौं, आज असोज ३ गते संविधान दिवसको दिन पारेर धरहरा सर्वसाधारणका लागि खुला हुँदै छ । परीक्षणका लागि भने बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो ।
यसअघि २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको नेपालको घरहरा पुनर्निर्माण भइसकेको तर पूर्णरूपमा भने निर्माण सकिएको छैन । सहरी विकास मन्त्रालयका प्रवक्ता विनु बज्राचार्यका अनुसार हाल धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको छ ।
संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने सरकारको निर्णय अनुसार नै आजबाट सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको हो । धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो ।
यसैगरी, भवन निर्माणको आधुनिक व्यवस्था अनुसार नै धरहरा निर्माण गरिएको छ भने सुरक्षाका हिसावले पूर्ण विश्वास गर्न सक्ने अवस्थामा धरहरा निर्माण पूरा भएको मन्त्री बज्राचार्यले जानकारी दिए । सरकारले अर्को व्यवस्था नगर्दासम्म केही समय निःशुल्क रूपमा नै धरहरा चढ्न सकिने उनले भनाई छ । रंगरोगन र शृंगारका केही कामहरू बाँकी रहे पनि यसले खास समस्या नपर्ने उनले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्