अग्रिम टिकट खुलाउनेबारे छलफल, यात्रुलाई सुरक्षित रूपमा घर पुर्याउन निर्देशन

काठमाडौं, दसैँ लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल गरेको छ । आज भएको सो बैठकमा यात्रुको आवतजावतमा सार्वजनिक यातायात सहज बनाउनेबारे छलफल भएको हो ।
चाडपर्वमा काठमाडौंबाट ठुलो संख्यामा यात्रु बाहिरिने र केही दिनमै तुरुन्तै फर्किने भएकाले यस्तो समयमा सार्वजनिक यातायात कसरी सहज बनाउने भन्नेबारे छलफल भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज मन्त्रालयमा आयोजित सरोकारवालाको छलफलमा प्रत्येक यात्रुलाई सुरक्षित रूपमा घर पुर्याउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
दहालका अनुसार सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन र चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको छ । मन्त्री दाहालले टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीमा सुरक्षा प्रबन्ध दर्बिलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको र भय, त्रास र ठगी रहित यात्राको प्रबन्ध मिलाउन सम्बद्ध सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिएका छन् ।
यसैगरी, अहिले निर्माणाधीन सडकमा खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्नेलगायत काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माजानकारी दिएक्क छन् विशेष परिस्थितिबाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिइएकोसमेत उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्