May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

उपसभामुखसहित ७ सांसदविरुद्ध गृह मन्त्रालयमा उजुरी, के होला त कारबाही?

काठमाडौं, युवराज सफलले रविसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका छन् । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना र राष्ट्रिय प्रजातन्त्र पार्टिका सभापति रवि लामिछानेसहि सातजना विरुद्ध गृह मन्त्रालयमा उनले आज उजुरी दिएका हुन् ।

सफलले उपसभामुख रानासँगै सांसदहरू रवि लामिछाने, डीपी अर्याल, धनराज गुरुङ, शक्ति बस्नेत, योगेश भट्टराई र ऋषिकेश पोखरेलविरुद्ध बुधबार गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

उजुरी दिएकामध्ये लामिछाने रास्वपाका सभापति, अर्याय उपसभापति हुन भने धनराज नेपाली कांग्रेसका उपसभापति हुन् । त्यस्तै बस्नेत माओवादी केन्द्रका उपमहासचिव हुन् । भट्टराई र पोखरेल एमालेका सांसद हुन् ।

यसैगरी, उनले उजुरीमा उपसभामुख रानामाथि मानव तस्करी तथा बेचबिखनको आरोप लगाएका छन् । उनले रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, राहदानी दुरुपयोग तथा ठगीसम्बन्धी मुद्दामा छानबिन गरेर कारबाही गरिनुनर्पे उजुरीमा उल्लेख गरेका छन् ।

यस्तै, कांग्रेस उपसभापति गुरुङमाथि उनले रातो पासपोर्ट बिक्री तथा सहकारी ठगी, एमाले सचिव भट्टराईविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको छानबिन गर्नुपर्ने सफलको उजुरीमा उल्लेख छ ।

उनले एमाले सांसद बस्नेत, रास्वपा उपसभापति अर्याल र सार्वजनिक लेखा समिति सभापति पोखरेलले सहकारी ठगी गरेको दाबी उजुरीमा गरेका छन् ।