May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

भोटेकोसी दुर्घटना अपडेट: चालकको शव फेला

तातोपानीबाट काठमाडौँ आउँदै गरेको बोलेरो दुर्घटनाका तस्बिर

बाह्रबिसे, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित बबन्डरटोलबाट भोटेकोसी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको छ ।

गत भदौ २८ गते भएको सो दुर्घटनामा सिन्धुपाल्चोकको भोटेकोसी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको हो ।

प्रहरीका अनुसार तामाङका परिवारले शवको सनाखत गरेपछि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ । यसअघि तातोपानीबाट काठमाडौँ आउँदै गरेको बोलेरो सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा दुर्घटनामा परेको थियो । बा २० च २१८५ नम्बरको बोलेरो गत शुक्रवार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित बबन्डरटोलबाट गाडी भोटेकोशी नदीमा खसेको थियो । बोलेरो गाडी भने क्रेनको सहायताले सोहि दिन नदिबाट निकालिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको