May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

मनकामनामा केबलकार आजबाट ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुँदै

काठमाडौं, मनकामना केबलकार अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकार मंगलबारबाट पुनः नियमित रुपमा सञ्चालनमा हुने भएको हो ।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने काम सकिएको हो ।

यसअघि स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । सो केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार भने चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा रहेको छ ।

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको शेरचनले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको