May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

नारायणगढ-मुग्लिन सडकखण्डमा भासियो सडक, एकतर्फी यातायात सञ्चालन

काठमाडौं, नारायणगढ-मुग्लिन सडक अन्तर्गत नौकिलोमा आइतबार सडक भासिएको छ । नैकिलोको इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक हिजो भाँसिएको हो भने हाल एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिएका छन् ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत रिजालले बताएका छन् ।