उपराष्ट्रपति यादव र माल्टाका राजदूत गौसीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, आइतबार उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले शिष्टाचार भेटवार्ता भएको छ । उपराष्ट्रपतिको कार्यालयका अनुसार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको सो भेमा उनिहरुबीच नेपाल र गणतन्त्र माल्टाबीचको द्विपक्षीय सम्बन्ध तथा लगानी, व्यापार, पर्यटन, श्रमलगायतका क्षेत्रमा द्विपक्षीय सहयोगको सम्भावनाबारे छलफल भएको हो ।
यसैगरी, सोहि अवसरमा उपराष्ट्रपति यादवले सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम रही आएको बताए । साथै उनले मित्रता, सौहार्दता र सहयोगमा आधारित माल्टासँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिने गरेको उल्लेख गर्दै अगामी वर्षमा यो सम्बन्ध थप सुदृद्ध हुँदै जाने विश्वास व्यक्त गरे ।
नेपाल एक भूपरिवेष्ठित मुलुक र माल्टा एक टापु भए पनि हाम्रा दुई राष्ट्रले बहुपक्षीय मञ्चमा दिगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा हित र चासोका अन्तर्राष्ट्रिय मुद्दामा सहकार्य गरिरहेको उपराष्ट्रपति यादवले बताएका छन् ।
प्रतिकृया दिनुहोस्