चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौं, संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङका अनुसार भाद्र ३१ गते सोमबार राति १२ बजेबाट संसदको चालू अधिवेशन अन्त्य गर्नेगरि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।
यसैगरी, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने व्यवस्था छ । सो बैठकले निर्वाचन आयोगको सिफारिसमा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्