November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि रोकिएको श्रम स्वीकृति खुला

काठमाडौं, कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि रोकिएको श्रम स्वीकृति सरकारले खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले रोकिएको श्रम स्वीकृति खुलेको स्पष्ट पारेका छन ।

कोभिड–१९ को जोखिम कम भएका, सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गरिएको जानकारी दिएका छन । उनले भने, “विशेष गरी दक्षिण कोरिया र जापान जान चाहनेका लागि माग आइरहेको छ । कतिपय जाने तयारीमा पनि हुनुहुन्छ तर श्रम स्वीकृति बन्द हुँदा रोकिएको थियो । मन्त्रिपरिषद्ले खुलाउन स्वीकृति दिएसँगै श्रम स्वीकृतिको बाटो खुलेको छ । ”


कोरोनाका कारण गत फागुनको अन्तिम सातादेखि नै श्रम स्वीकृति दिन बन्द गरिएको थियो । नयाँ श्रम स्वीकृतिका लागि सेवाग्राही काठमाडौँ नै आउनुपर्ने भएकाले तत्काल सम्भव देखिँदैन ।
उपत्यकामा कोभिड–१९ को जोखिम उच्च रहेकाले यही भदौ ३ देखि निषेधाज्ञा जारी छ । उपत्यका बाहिरका कतिपय जिल्लामा पनि कोभिडको जोखिम बढेकाले निषेधाज्ञा जारी छ ।


मन्त्री यादवले निषेधाज्ञा अन्त्य भएपछि माग भएका र कोभिड–१९ को जोखिम कम भएका देश जान इच्छुकले श्रम स्वीकृति लिनसक्ने भएकाले श्रम खुल्दैमा नआत्तिनसमेत आमयुवालाई आग्रह गरेका छन ।

शीर्ष समाचार

धेरै पढिएको