May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

क्षति छानबिन गर्न खानेपानी मन्त्रीद्वारा समिति गठन, ३० दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं, शनिबार कुपोन्डोल-पुल्चोक सडकखण्डमा खानेपानीको पाइप लाइन फुटेर क्षति भएका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । खानेपानी मन्त्री प्रदीप यादवले आज (आइतबार) मन्त्रीस्तरीय निर्णय गर्दै क्षति छानबिन गर्न समिति गठन गरेका हुन ।

पछिल्लो केहि दिनयता काठमाडौं उपत्यकाको बालाजु, पुल्चोक लगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा देखिएको पाइप लाइन फुट्ने र चुहिने समस्याका कारण भएको संरचनात्मक क्षतिबारे स्थलगत निरीक्षण गरेपछि सो छानबिन समिति गठन गरेका हुन् ।

यसैगरी, समितिलाई ३० दिनभित्र पाइप लाइन फुट्ने र चुहिने समस्याका कारणहरू, अहिलेसम्मको क्षति र आगामी दिनमा यस्ता समस्याबाट जोगिनका लागि समाधानका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
पाइप लाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि समाधानका उपायहरू सहितको प्रतिवेदन पेश गर्न सहसचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

यसरी बारम्बार पाइप लाइन फुट्ने समस्या तत्काल समाधान गर्न महत्वपूर्ण रहेको र पानी वितरण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सुधारका उपायहरू अवलम्बन गर्न निर्देशन दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको