मन्त्रिपरिषद निर्णय: मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने

काठमाडौं, सरकारले आउँदो मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति तय गरेको हो ।
आज सि निर्णय हुनु अगाडि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका थिए ।
हाल ३ पालिकाका प्रमुखसहित ३९ पद रिक्त छन् । प्रधानमन्त्री ओलीले निर्वाचनलाई मितव्ययीरूपमार निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रहसमेत गरेका छन् ।
प्रतिकृया दिनुहोस्