May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

घर निर्माणका क्रममा एकको च्यापिएर मृत्यु, ११ जना घाइते

बागलुङ, बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो भने अन्य ११ जना घाइते छन् ।

पुनः निर्माणका क्रममा अचानक घर भत्किँदा काम गरी रहेका घर धनी विकसहितका ११ जना मजदुर घाइते भएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिएका छन् ।

विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । हाल घाइते मजदुरहरु सोहि स्वास्थ्य केन्द्रमा उपचाररत छन् ।

यसैगरी घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का २६ वर्षीय शङ्कर पन्थी, काठमाडौँ महानगरपालिका–१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन –४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन –१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका–१ ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन् ।