May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

मेलम्ची खानेपानी पाइपमा लिकेज, कुपोन्डोल बीच सडकमै यस्तो भ्वाङ

ललितपुर, ललितपुरको कुपण्डोल-पुल्चोक सडकखण्डमा मेलम्ची खानेपानीको पाइप लिकेजपछि सडक भासिएको छ । शनिबार दिउँसो करिब २ बजे कुपण्डोलको होटल हिमालय नजिकको सडकमा पानी निस्किएर सडक भासिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार सडक मुनिबाट लगिएको मेलम्चीको पाइप फुटेर पानी निस्किएपछि सडक भासिएको हो ।

प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित सडक भासिएको थियो । मुख्य सडकमै भ्वाङ परेपछि खानेपानी र सडक विभागको टोलीले मर्मतको काम सुरू गरेको छ ।

अचानक सडक भासिएपछी सो क्षेत्रमा जाम परेको थियो भने सवारी व्यवस्थापनका लागि नेपाल प्रहरी र महानगर प्रहरी खटिएका थिए।