May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

विमानस्थलबाट १ किलो २६० ग्राम सुनसहित भारतीय महिला पक्राउ

काठमाडौं, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार क्षेत्रबाट एक भारतीय ३७ वर्षकी महिला पक्राउ परेकी छिन् । शुक्रबार १ किलो २६० ग्राम सुनसहित उनि पक्राउ परेकि हुन् । उनीबाट अर्धतरल  सुन ३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार विमानस्थलको आगन्तुक क्षेत्रमा जाँच गर्ने क्रममा ब्यागेजमा सुन फेला परेपछि थाइ एयरमार्फत बैंककबाट काठमाडौं आएकी भारतीय नागरिक सुमित्रा देवीलाई नियन्त्रणमा लिइएको हो ।

हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइएको छ । 

शीर्ष समाचार

धेरै पढिएको