May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

भोटेकोशीमा बोलेरो दुर्घटना, सवार व्यक्तिको खोजी कार्य जारी

तस्बिर सामाजिक सञ्जालबाट

बाह्रबिसे, तातोपानीबाट काठमाडौँ आउँदै गरेको बोलेरो सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा दुर्घटनामा परेको छ । बा २० च २१८५ नम्बरको बोलेरो शुक्रवार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित बबन्डरटोलबाट गाडी भोटेकोशी नदीमा खसेको हो ।

हाल बोलेरो गाडीलाई क्रेनको सहयोगमा नदीबाट निकालिएको छ । तर गाडीमा सवार व्यक्तिहरु भने फेला परेका छैनन् ।

प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईका अनुसार बोलेरोका चालक भोटेकोशीका ३८ वर्षीय सानु शेर्पा र बाह्रविसेका सुन्तली तामाङ रहेको बुझिएको छ । दुर्घटनाग्रस्त बोलेरोमा सवार व्यक्तिहरुको खोजी कार्य जारी रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।