May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

सरकारले माग सम्बोधन गर्ने भएपछिपूर्वमुख्यमन्त्री कार्कीले तोडे अनसन

काठमाडौं, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन् । सरकारले उनको माग सम्बोधन गर्ने भएपछि गए राति उनले अनसन तोडेका हुन् ।

सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि विराटनगर–६ निवासी निर्मला शर्माकी ४२ दिने शिशुको हातबाट जुस खाएर अनसन तोडेका हुन् ।

जनविरोधी कार्यहरु भएको भन्दै कार्कीले मंगलबारबाट कोशी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनसन शुरु गरेका थिए ।

यसैगरी कार्कीले उठाएका माग पूरा गर्ने विषयमा कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी बिच सहमति भएको छ । सो वार्ताका लागि भने अधिकारी अनसन स्थल पुगेका थिए ।