May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको नाममा प्रतिष्ठान बनाउने उद्घोष गरेका छन् । बुधबार पार्टी कार्यालयमा स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले नेम्वाङको स्मृतिलाई ताजा राख्न र उनका आदर्शहरुलाई पछ्याउन प्रतिष्ठान आवश्यक रहेको बताएका हुन् ।

नेताहरुको नाममा खोलिएको प्रतिष्ठान उनीहरुको आशर्द, विचार, उनीहरुले हिडेको बाटो, आचरण, व्यबहारअनुरुप चल्नुपर्ने उनले जिकिर गरेका छन् ।

उनले भने,’उहाँको स्मृतिलाई ताजा राख्नका लागि र उहाँको सम्झनामा, उहाँका आदर्शहरुलाई पछ्याएर कामहरु गरिरहनका लागि हामी सुवाचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं भन्ने घोषणा गर्न चाहन्छु ।’

शीर्ष समाचार

धेरै पढिएको