May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

नेम्वाङको प्रथम स्मृति दिवसमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस रहेको छ ।

आज ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज अपराह्न स्मृतिसभा गरेर दिवङ्गत नेताको स्मरण गरिँदैछ ।

प्रधानमन्त्रीको निजी सचिवालयले जनाए अनुसार
स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले स्मृति सभामा पार्टीका अन्य वरिष्ठ नेता पनि सहभागी हुने सञ्चारमाध्यमलाई बताएका छन् ।

नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका नेता थिए ।

शीर्ष समाचार

धेरै पढिएको