लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त
1.4K
Shares
- न्यूज डेस्क
- २०८१ भाद्र ४

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँ गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गर्नुभएको हो । उहाँको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस्