बेलायतमा हिंसात्मक प्रदर्शन,१ सय ५० जनाभन्दा बढी मानिसलाई पक्राउ
विगत केही दिनदेखि बेलायतका केही शहरहरुमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनका क्रममा १ सय ५० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ । प्रदर्शन दैनिक बढ्न थालेपछि प्रधानमन्त्री केयर स्टारमरले डाउनिङ स्ट्रिटमा आजका लागि आपतकालीन बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री स्टारमरले रोदरहमको एक होटल आवास शरणार्थीहरूले गरेको आक्रमणको निन्दा गर्नुभयो ।
साथै हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन प्रतिवद्धता पनि जनाउनु भयो । प्रहरीले ट्यामवर्थ, मिडल्सब्रो, बोल्टन, हल र वेमाउथ, बेलायतका अन्य भागहरूमा हिंसात्मक घटना भएको जनाएको छ ।
हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले हिंसात्मक गतिविधिमा संलग्न ठगहरूलाई न्यायको कठघरामा ल्याउन कुनै कसर नराखिने प्रतिवद्धता जनाउनु भयो ।टेलिभिजन सम्बोधनको क्रममा उहाँले संलग्नहरूलाई चेतावनी दिंदै आन्दोलनकारीले पश्चाताप गर्ने समेत बताउनु भयो ।
प्रतिकृया दिनुहोस्