November 11, 2024, Monday
२०८१ कार्तिक २७, मंगलवार

ट्रम्पलाई गोली प्रहार गर्ने एक व्यक्ति मारिए

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सिल्भेनिआमा आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ। उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ।

उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताए। उनका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

कानुन कार्यान्वयन गर्ने अमेरिकी निकायका स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई ती पुरुष आक्रमणकारीले राइफल बोकेको र घटनास्थलभन्दा केही परबाट एउटा अग्लो स्थानमा चढेर गोली प्रहार गरेको बताएका छन्।

ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताएका छन्।गुग्लिएल्मीले ट्रम्प सुरक्षित रहेको र उनको सुरक्षाका लागि आवश्यक कदम चालिएको बताए। उनका अनुसार घटनाबारे हाल अनुसन्धान जारी रहेको छ।

डोनल्ड ट्रम्पमाथि भएको हमलाका सम्बन्धमा हालसम्म थाहा भएका विवरणः-ट्रम्पले उनको दाहिने कानको माथिल्लो भागमा गोलीले चोट पुर्‍याएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

-उनी माथि गोली प्रहार भएको घटनापछि एकजनाको ज्यान गएको र अन्य दुईजना घाइते भएको बताइएको छ। सुरक्षा अधिकारीहरूले तीनै जना वयस्क पुरुषहरू रहेको जनाएका छन्।

-एफबीआइले ट्रम्पमाथि गोली प्रहार गर्ने संदिग्ध बन्दूकधारीको पहिचान गरिएको बताएको छ। २० वर्ष उमेरका थमस म्याथ्यू क्रूक्स नामक ती व्यक्तिलाई सिक्रेट सर्भिसका अधिकारीले गोली हानी मारिदिएका थिए।

-हमलाकारी पेन्सिल्भेनिआ राज्यको बेथेल पार्क निवासी बताइएको छ। उक्त नगर घटनास्थल बट्लरबाट ७० किलोमिटर पर अवस्थित छ।

-केहिबेर अघिको पत्रकार सम्मेलनमा एफबीआइका फिल्ड अफिसर केभिन रोजेकले गोली प्रहारको घटनालाई ट्रम्पको हत्या गर्ने प्रयासका रूपमा लिइएको बताएका थिए।

शीर्ष समाचार

धेरै पढिएको