काठमाडौं महानगरपालिकालाई उच्च अदालतको आदेश: विद्यालयका सटर तत्काल बन्द नगर्नु

सामूदायिक विद्यालयले नियम विपरीत सटरहरु भाडामा लगाएको भन्दै बन्द गराउँदै हिँडेको काठमाडौं महानगरपालिकालाई सो कार्य तत्काल रोक्न अदालतले आदेश दिएको छ ।
बुधबार उच्च अदालत पाटनले महानगरको सो निर्णय असार ७ गतेसम्म यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो।
तुलसीप्रसाद अगस्तीले दिएको रिटमा असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।काठमाडौं महानगरपालिकाले काठमाडौंका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गराउन थालेको थियो ।
शैक्षिक कामकारवाहीका लागि उपयोग हुनुपर्ने ठाँउमा भाडामा लगाएको भन्दै महानगरपालिकाले सटरहरुमा ताला लगाएको हो ।नगर प्रहरीले व्यवसायीहरुका सटर तान्दै ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तीले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
प्रतिकृया दिनुहोस्