May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार सम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याउदै सफाइ दिएको हो ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई सफाइ दिएको हो । मंगलबार सो मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । उच्च अदालतको फैसलासँगै टी-२० विश्वकपमा सहभागी हुने सन्दीपलाई बोटो खुलेको छ ।

उच्चको फैसलासँगै सन्दीपको क्रिकेट करिअर जोगिएको छ । सफाइ पाएसँगै उनको निलम्बन फुकुवा हुनेछ भने अब विश्वकप खेल्न पनि पाउनेछन् । तर, गौशाला २६ सँग सर्वोच्च अदालत जाने विकल्प बाँकी नै छ ।

शीर्ष समाचार

धेरै पढिएको