
काठमाडौं – नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेकाे २३९ पुगेकाे छ । आजमात्र देशभर थप ११ जनाको मृत्यु भएको हाे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए ।
महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका । याेसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ भने कुल संख्या ४० हजार ५२९ पुगेको छ । photo file







