December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्छ: नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्ने बताएका छन ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले महिला नेत्री स्व मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल साप्ताहिक कार्यक्रमको समापन कार्यक्रममा उनले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि महिला सशक्त भएर अगाडि बढ्नुपर्ने बताएका हुन ।

नेता सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने तथा उनीहरुको पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला स्व सिंह भएको उल्लेख गरे । पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशिल बनाउनु जरुरी रहेको सिंहको भनाई थियो । काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताएका छन ।

केन्द्रीय सदस्य सुजाता कोइरालाले स्व सिंहले महिला अधिकार र प्रजातन्त्र स्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । “संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिएपनि महिलाको अधिकार किन स्थापित हुन सकेन, काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उनले बताएका छन ।

शीर्ष समाचार

धेरै पढिएको