November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

काठमाडौँको तीन जिल्लामा निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास

  • 19
    Shares

काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ ।

निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल शुरु गरेका हुन ।

“तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीबीच आज मात्रै भर्चुअल बैठक गरेका छौँ, सबै सरोकारवालासँग परामर्श लिने काम भएको छ, त्यसको आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने छ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको यही भदौ २ गतेको निर्णयानुसार ४ गते बिहान १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि उपत्यकका तीनै जिल्लामा निषेधको आदेश जारी गरिएको थियो ।

भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेश कायम गरिएको छ । निर्धारित समयको एक दिनअगावै तीनै जिल्लाका प्रजिअले उपयुक्त निर्णय लिन छलफल र परामर्श शुरु गरेको हो । विभिन्न क्षेत्रका प्रतिनिधिको सुझावका आधारमा तीनै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुपबारे साझा धारणा बनाउने र उक्त विषयमा बुधबार गृहमन्त्रालयसँग छलफल गरी परामर्शका आधारमा आवश्यक निर्णय लिइने उनले बताएका छन

प्रशासन कार्यालयका अनुसार कतिपय विज्ञबाट केही खुकुलो बनाउनुपर्छ भन्ने सुझाव आएको र कतिपयबाट अझै कडाइ गर्नुपर्ने सुझाव प्राप्त भएको छ । केही संस्थाले भने मध्यमार्गी निर्णय जरुरी रहेको सुझाव दिएको छ । उपत्यका नगरपालिका फोरमले भने अझै कडा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुझाव पठाएको छ । फोरममा उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख आबद्ध हुनुहुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको