December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

वाग्मती प्रदेशका एउटा विधेयक प्रमाणीकरण

मकवानपुर, वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रमाणीकरण गरेका छन ।

उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रेदश सभाबाट पारित भई आएको उक्त विधेयक आज प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिएका छन । सो विधेयक गत साउन ६ गते वाग्मती प्रदेश सभाबाट पारित भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको