प्रचण्ड र ओलीबिच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिच भेटवार्ता भएको छ।नेकपा (माओवादी केन्द्र) नेतृत्वको समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउने जिम्मेवारी लिनुभएका प्रधानमन्त्री प्रचण्डसँग ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्नुभएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली प्रचण्डलाई भेट्न शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेका थिए । भेटवार्तामा सरकारको कामकारबाही, नीति तथा कार्यक्रमबारे कुराकाकी भएको जनाइएको छ ।
सत्तारुढ ५ दलले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको प्रभावकारी कार्यान्वयनका बारेमा समेत दुई नेताबीच छलफल भएको छ ।
सत्ता समीकरण फेरिएपछि प्रदेश सरकार परिवर्तन हुनेक्रममा छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच प्रदेश सरकारको विषयमा सहमति भएको छैन् । आजको भेटमा सो विषयमा पनि छलफल भएको बताईएको छ । त्यस्तै संक्रमणकालिन न्यायसँग सम्बन्धित (टीआरसी) विधेयकलाई टुंगोमा पुर्याउनेबारे पनि छलफल भएको छ ।
ओली प्रचण्डबीचको भेटवार्ता अघि ४ वटा कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोर्चाको बैठक बसेको थियो । सो बैठकले मोर्चामा नेकपा एमालेलाई पनि समेट्नेबारे छलफल भएको थियो । मोर्चाको बैठकलगत्तै प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन् । यसअघि मोर्चाका संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले बिहीबार ओली निवास बालकोटमै पुगेर छलफल गरेका थिए ।
प्रतिकृया दिनुहोस्