December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

गृहमन्त्री रवि लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाउनुभएको छ ।

आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरर्जस्ती बदनाम गराउन खोजिएको दाबी गर्नुभयो ।

लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै उहाँले छानबिनमा कुनै प्रभाव नपर्ने जिकिर गर्नुभयो । उहाँले सहकारीपीडितले चाँडै न्याय पाउने समेत उल्लेख गर्नुभयो । “कुनै मन्त्री वा सांसदविरुद्ध उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने अवस्था हुने थियो”, उहाँले भन्नुभयो ।

उहाँले प्रदेश सरकारको भागबण्डा र कम्युनिष्ट पार्टीबीचको एकीकरणबारे अनुमानका भरमा प्रतिक्रिया दिन नहुने टिप्पणी गर्नुभयो । सोमबार एमाले डडेल्धुराको नवौँ अधिवेशन उद्घाटन गरेर धनगढी आइपुग्नु भएका ओली आज काठमाडौँ फर्कनु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको