April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुट्यो

बाबुराम भट्टराई नेतृत्वको गरेको नेपाल समाजबादी पार्टीमा फुट देखिएको छ ।  पार्टीबाट प्रतिनिधि सभा सांसद समेत रहेका महिन्द्र राय यादव समूह अलग्गिएको हो ।

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)को महिन्द्र राय यादव समूहबीच एकता भएको छ ।आज दुई पार्टी बीच एकता भएको नेकपा (माओवादी केन्द्र) का  महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ । यो संगै माओवादीकै पूर्व नेता डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटेको छ ।

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानाराण श्रेष्ठ सहितका नेता पार्टी बिभाजन गरी माओवादी केन्द्रसंग एकिकरणमा जानुभएको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको थियो ।

दुई पार्टीबीच भएको चार बुँदे सहमतिपत्रमा एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनबाट टुङ्गो लगाउने उल्लेख छ ।

बाबुराम भट्टराई नेतृत्वको गरेको नेपाल समाजबादी पार्टीमा फुट देखिएको छ । पार्टीबाट प्रतिनिधि सभा सांसद समेत रहेका महिन्द्र राय यादव समूह अलग्गिएको हो ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)को महिन्द्र राय यादव समूहबीच एकता भएको छ ।

आज दुई पार्टी बीच एकता भएको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ । यो संगै माओवादीकै पूर्व नेता डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटेको छ ।

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानाराण श्रेष्ठ सहितका नेता पार्टी बिभाजन गरी माओवादी केन्द्रसंग एकिकरणमा जानुभएको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको थियो ।दुई पार्टीबीच भएको चार बुँदे सहमतिपत्रमा एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनबाट टुङ्गो लगाउने उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको