
काठमाडौं, मंगलवार नेपालमा थप १ हजार ६९ जनामा कोरोना पुष्टि भएको छ । याेसँगै कुल सङ्क्रमितको सङ्ख्या ४० हजार ५२९ पुगेको छ । मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ११२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ६९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन । अहिलेसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या २२ हजार १७८ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।
आज ४ वर्षिया बालिकासहित ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या २३९ पुगेको मन्त्रालयले जनाएको छ ।







