April 13, 2024, Saturday
२०८१ बैशाख २, आईतवार

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त १६ जना मन्त्रीहरुले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि सोमबार ३ जनाले एमालेबाट विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । अहिले गिरीले कानुन न्याय तथा संसदीय मामिला, तामाङले पर्यटन र अर्यालले श्रम मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कुन दल बाट को बने मन्त्री ? यस्तो छ सूची:

नेकपा एमालेबाट

१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

३) हरि उप्रेती, रक्षा

४) भगवती चौधरी, महिला बालबालिका

५) राजेन्द्र राई, खानेपानी

६) दामोदर भण्डारी, उद्यो

७) ज्वालाकुमारी साह, कृषि

८) बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी केन्द्रबाट

९) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

१०) वर्षमान पुन, अर्थ

११) शक्ति बस्नेत, उर्जा

१२) रेखा शर्मा, सञ्चार

१३) हितबहादुर तामाङ, पर्यटन

रास्वपाबाट

१४) रवि लामिछाने, उपप्रधान तथा गृह

१५) डिपी अर्याल, श्रम

१६) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

१७) सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादीबाट

१८) भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन

१९) धनबहादुर बुढा, शहरी विकास

शीर्ष समाचार

धेरै पढिएको