March 17, 2025, Monday
२०८१ चैत्र ४, सोमबार

प्रचण्डलाई उपयुक्त समयमा ठेगान लगाउने गगनको चेतावनी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिलाई अस्थिर बनाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले जहिले पनि राजनीतिलाई फोहोर बनाइराखेको, जहिले पनि च्याँखे थापेको उनको आरोप छ । उनले प्रधानमन्त्री प्रचण्डलाई उपयुक्त समयमा उपयुक्त शक्तिसँग मिलेर ठेगान लगाउने बताए ।

‘हाम्रो राजनीतिलाई निरन्तर अस्थिर बनाइराख्ने, जहिले च्याँखे थापिराख्ने, जहिले फोहोर बनाइराख्ने, यो शक्तिलाई अब ठीक ठाउँमा पुर्याउन पर्छ । यसका निम्ति उपयुक्त समयमा उपयुक्त शक्तिसँग कसरी संवाद गर्ने भन्नेतिर हामीहरु सचेत छौं, काम पनि गरिरहेका छौं,’– आफ्नो भिडियो सन्देश सार्वजनिक गर्दै उनले भनेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको