कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ । केन्द्र सरकारमा सत्ता गठबन्धन परिवर्तन भएसँगै कर्णाली सरकारबाट कांग्रेस बाहिरिएको हो ।

प्रदेश सरकारमा आर्थिक मामिला योजनामन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल र उद्योग पर्यटन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर राजीनामा दिनुभएको हाे ।

आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पार्टीको निर्देशन बमोजिम जनताका पक्षमा रहेर काम गरेको बताउनु भयो । उहाँले राष्ट्रिय राजनीतिमा आएको बदलावलाई अन्यथा नलिई पार्टीको निर्देशनबमोजिम राजीनामा दिएको बताउनुभएको हो । सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि कांग्रेसले फिर्ता लिएको छ ।