मन्त्रालय बाँडफाँट टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक
![](https://hamrokantipur.com/wp-content/uploads/2024/03/4.jpg)
सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दै छ । मन्त्रालयको टुंगो लगाउने सत्ता संचालनको कार्यविधी तयार गर्ने लगायतका विषय टुङ्गो लगाउन बैठक बस्न लागेको हो ।
नेताहरुका अनुसार अहिले प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्दैछ । कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ रहनुभएको छ ।
आजको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल केन्द्रित हुने बताइएको छ । नयाँ राजनीतिक समीकरणसँगै प्रधानमन्त्री सहित चार सदस्यीय मन्त्रिमण्डल गठन भएको छ ।
एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले हिजो विना विभागीय मन्त्रीका रुपमा सपथग्रहण गर्नुभएको छ ।सत्ता गठबन्धनमा फेरबदल भएसंगै यसअघिका सबै मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरी सबै मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्री आफैंले राख्नुभएको छ ।
यसअघि सत्ता गठबन्धमा आवद्ध नेपाली काँग्रेस गठबन्धनबाट बाहिरिएको छ भने नेकपा एमाले सहित राष्ट्रिय स्वतन्त्र पार्टी जनता समाजवादी पार्टी समेतको नयाँ सत्ता गठबन्धन निर्माण भएको छ ।
प्रतिकृया दिनुहोस्