July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

शालीन पोखरेल घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस- पूर्व प्रधानमन्त्री ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको शिशु निकेतना स्कुलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घट्नाले आफूलाई बेचैन बनाएको टिप्पणी गरेका छन् । उनले यस्तो संवेदनशील घट्नामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस भनेका छन् । उनले सबैले उक्त घट्नाको अनुसशन्धानलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।

ओलीले फेशबुकमा लेखेका छन्-

चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्।

परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं।