
चौतारा, सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । मंगलवार सत्र वर्षीय सुवास पाख्रिनको शव भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन ।
पहिरोमा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ ।







