November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

काठमाडौंबाट सर्लाही जाँदै गरेको एम्बुलेन्स दुर्घटना, पाँच जना घाइते, एक गम्भीर

सर्लाही, काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदैगरेको एम्बुलेन्स आज बिहान त्रिशुली नदीमा खस्दा पाँच जना घाइते भएका छन् । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खस्दा पाँच जना घाइते भएका हुन् ।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउपालिका-३ पानीधाराबाट बिहान ५ः१५ बजे त्रिशुली नदीमा एम्बुलेन्स खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङले जानकारी दिएका छन ।

दुर्घटना भएपछि फिस्लिङबाट गएको प्रहरीले टोलीले घाइते सबैलाई उद्धार गरी भरतपुर पठाएको छ । उनीहरूको भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको