April 13, 2024, Saturday
२०८१ बैशाख २, आईतवार

मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध-गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न भ्रष्ट्राचार र जालसाजि गरी राज्य लुटनेलाई कठघरामा ल्याउन र वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुरमा भुमिहिन सुकुमबासीहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

सरकारी स्वामित्वको जग्गा हडप्नेलाई कार्वाही गरी सो जग्गा सरकारी स्वामित्वमा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले भुमिहिन किसान र सुकुमवासीको समस्या अन्त्य गर्न कानुन संसोधन गरेर प्रकृया अघि बढाइने उल्लेख गर्नुभयो ।

शीर्ष समाचार

धेरै पढिएको