May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

राहदानी नवीकरण गर्न नपाउँदा पोर्चुगलमा रहेका नेपालीहरु समस्यामा

रोजगारीका लागि पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण गर्ने तथा नयाँ  बनाउन नपाउँन नपाउदा समस्यामा परेका छन् ।

विभिन्न देश हुँदै पोर्चुगल पुगेका नेपालीले राहदानीमा भैरहेको समस्याले थप मर्कामा परेका छन् ।

खासगरी पोर्चुगल बसाइको वैधानिकताका लागि त्यहाँको अध्यागमन निकाय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरू धेरै समस्यामा परेका हुन् । राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपालीले घुम्ती टोलीसम्म पनि नआएको भन्दै गुनासो गरेका छन् ।  

पोखराका रवि थापाले राहदानी बनाउन जोखिम मोलेरै भए पनि स्पेनमा रहेको नेपाली दूतावास जाने तयारी गरेको    बताए ।

लामो समयदेखि परिवारसहित पोर्चुगल बस्दै आएका गोरखाका दिनेश श्रेष्ठले पनि राहदानीको म्याद गुज्रेका कारण धेरै सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो ।

लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालयले दिएको तथ्याङ्क अनुसार राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउने नेपालीको संख्या दुई हजार ६ सयभन्दा धेरै छ । दुई हजार ९७ जनाको नवीकरण, चार सय ५० जनाको हराएको र ६५ जना बालबालिकाको नयाँ राहदानी बनाउनुपर्ने आवेदन छ ।

पोर्चुगलमा नेपाली दूतावास खुलिनसकेका कारण राहदानी बनाउन स्पेन, फ्रान्स, बेल्जियम र डेनमार्कमा रहेको नेपाली दूतावाससम्म पुग्नुपर्ने हुन्छ । पोर्चुगलमा रहेका नेपालीको यकिन तथ्याङ्क नभए पनि ५० देखि ६० हजार हाराहारीमा हुनसक्ने अनुमान छ । 

शीर्ष समाचार

धेरै पढिएको