November 14, 2025, Friday
२०८२ कार्तिक २८, शुक्रबार

पाल्पामा जिप दुर्घटना – आठ जनाको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका-६ चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। डुम्रेबाट तिनाउको चिदिसतर्फ जाँदै गरेको जिप दुर्घटना भएको तिनाउ गाउँपालिका ६ का वडाध्यक्ष टोमबहादुर पुनले जानकारी दिनुभयो। दुर्घटनामा १० जना घाइते भएको उहाँको भनाइ छ।

अहिले उद्धारको कार्य चलिरहेको छ। जिप दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो।उहाँले भन्नुभयो, “जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। १० बढी घाइते छन् । उद्धार कार्य जारी छ। उनीहरूलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिँदै छ।” दिउँसो ४ः४५ बजे जिप दुर्घटना भएको हाे ।

शीर्ष समाचार

धेरै पढिएको